१० महिनामा कुन बैंकको नाफा कति ? (सूचीसहित)
वि.सं.२०७९ जेठ ३० सोमवार ११:२९
shares

काठमाडौं, ३० जेठ । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले ५८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । २७ वाणिज्य बैंकहरुले साउनदेखि वैशाख मसान्तसम्म ५८ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै नाफा कमाउने बैंकको शिर्ष स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । त्यस्तै यो सूचीको दोस्रो नम्बरमा एनआईसी एसिया बैंक र तेस्रोमा नबिल बैंक रहेको छ ।
१० महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ ।
यो अवधिका सबैभन्दा कम नाफा कमाउने बैंकको सूचीमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकले ९२ करोड मात्रै नाफा कमाएको छ । यता सिभिल बैंक पनि १० महिना नाफा कमाउनेको अर्ब क्लबमा उक्लिएको छ । सिभिल बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।
कुन बैंकको नाफा कति?
बैंक नाफा
ग्लोबल आईएमई बैंक ४ अर्ब ३१ करोड
एनआइसी एसिया बैंक ४ अर्ब ११ करोड
नबिल बैंक ३ अर्ब ८२ करोड
राष्टिय वाणिज्य बैंक ३ अर्ब ४६ करोड
प्राइम कमशिर्यल बैंक ३ अर्ब १५ करोड
एनएमबी बैंक २ अर्ब ९७ करोड
एनआइबीएल बैंक २ अर्ब ८४ करोड
नेपाल बैंक २ अर्ब ५६ करोड
सिद्धार्थ बैंक २ अर्ब ४४ करोड
मेगा बैंक २ अर्ब २८ करोड
कुमारी बैंक २ अर्ब ८ करोड
कृषि विकास बैंक २ अर्ब २ करोड
एभरेष्ट बैंक १ अर्ब ९० करोड
स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ८२ करोड
सिटिजन्स बैंक १ अर्ब ७९ करोड
सानिमा बैंक १ अर्ब ७९ करोड
एनसीसी बैंक १ अर्ब ७३ करोड
माछापुछ्रे बैंक १ अर्ब ६८ करोड
हिमालयन बैंक १ अर्ब ६७ करोड
सनराईज बैंक १ अर्ब ५० करोड
प्रभु बैंक १ अर्ब ४९ करोड
एसबीआई बैंक १ अर्ब ४० करोड
एनबी बैंक १ अर्ब २४ करोड
सेञ्चुरी बैंक १ अर्ब १५ करोड
बैंक अफ काठमान्डु १ अर्ब ५ करोड
सिभिल बैंक १ अर्ब ५ करोड
लक्ष्मी बैंक ९२ करोड

















