घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ जेठ ३० सोमवार ११:३२
shares

काठमाडौं, ३० जेठ । साताको दोस्रो दिन सुन तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
आइतबार सुन तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार सुन प्रतितोला एक हजार २ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८० रुपैयाँ भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८६५.५० डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतिऔंस २१.६९ डलर छ ।

















