युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ
वि.सं.२०७९ जेठ २७ शुक्रवार १६:५०
shares

काठमाडौं, २७ जेठ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन भएका छन् । इन्स्योरेन्सको २८ औँ साधारण सभाबाट निर्विरोध निर्वाचत सदस्यहरुबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
जेठ २३ गते भएको संस्थाको साधारण सभाबाट सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए । संस्थाले प्रेस विज्ञप्ती जारी गरेर बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम अध्यक्षमा श्रेष्ठलाई चयन गरेको जनाएको छ । अध्यक्ष श्रेष्ठलाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको शपथ गराएका छन् ।
शपथ ग्रहणपछि कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका छन् ।



















