Dhulikhel Eco Banner new

आइडिया टु आईपीओ सेवाअन्तर्गत रुपाकोट रिसोर्टसँग सम्झौता

598
shares

काठमाडौं,३ भदौ । एआईसी एसिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि आवश्यक परामर्श तथा निष्कासन र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

एआईसी एसिया क्यापिटलले सञ्चालन गर्दै आएको ‘IDEA to IPO’ सेवाअन्तर्गत रुपाकोट रिसोर्टलाई कम्पनी स्थापना चरणदेखि आईपीओ निष्कासनसम्म आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको हो।

कास्कीको रुपा–६, मैदानमा रहेको रुपाकोट रिसोर्ट प्राकृतिक सौन्दर्य, शान्त वातावरण तथा हिमाली दृश्यावलोकनका कारण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। रिसोर्टले आवास, भोजन तथा पेय पदार्थ, मनोरञ्जन र विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक सुविधासहित पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि सेवा प्रदान गर्दै आएको छ।

एआईसी एसिया क्यापिटलले निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा परिणत गरी सर्वसाधारणमा शेयर निष्कासनसम्म पुर्‍याउने उद्देश्यले ‘IDEA to IPO’ सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

यस सेवासम्बन्धी थप जानकारीका लागि एआईसी एसिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई ९८५११८४७९९ मा सम्पर्क गर्न सकिनेछ।