सुनको भाउ स्थिर, चाँदी भने बढ्यो
वि.सं.२०७९ असार १४ मंगलवार ११:२६
shares

काठमाडौं, १४ असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनचाँदी बजारमा सुन र चाँदी सोमबारको भाउमा कारोबार भैरहेको छ । सोमबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएकोमा मंगलबार दुबैको भाउ स्थीर बनेको हो ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । पहेँलो धातु अघिल्लो दिन सोमबार प्रतितोला ४०० रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा नै कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९७ हजार २०० रुपैयाँमा नै कारोबार भैरहेको छ । हिजो पनि तेजावी सुन ९७ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन सोमबार आइतबारको तुलनामा १० रुपैयाँ बढेर १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२६ र चाँदी प्रतिऔंस २१.१९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

















