सुनको भाउ घटेपनि चाँदी भने बढ्यो
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ११:३१
5.17K
shares
shares

काठमाडौं, १८ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै आज चाँदी भने तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















