सुनको भाउ घट्यो, चाँदीको भने स्थिर
वि.सं.२०७९ माघ ८ आइतवार ११:४९
6.38K
shares
shares

काठमाडौं, ८ माघ । नेपाली बजारमा आज सुनको भाउ २ सय रुपैयाँले घटेको छ शुक्रबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै,आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबारकै भाउमा चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

















