बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ माघ २९ आइतवार ११:३५
4.73K
shares
shares

काठमाडौं, २९ माघ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले नै बढेर प्रति तोला १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै,आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

















