‘सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा सीमा समाधान गरिनेछ’
वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३
shares

काठमाडौँ, १० जेठ । सरकारले सीमा विवादका विषय ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने नीति लिने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले सीमासम्बन्धी विषय समाधान गर्न कस्तो नीति लिने भन्ने उल्लेख गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा उल्लेख गरेकी हुन् । परराष्ट्र र छिमेकी नीति कस्तो लिने भन्ने विषयमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ‚’ राष्ट्रपतिले सार्वजनिक गरेको नीतिमा उल्लेख गरिएको छ ।
’संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आरधामा स्वतन्त्र र सन्तुलित परराष्ट्रि नीति अवलम्बन गरिनेछ,’ अन्तर्राष्ट्रिय सम्बन्ध र सीमा समस्या समाधानबारे अगाडि भनिएको छ, ’नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाइनेछ ।’

















