बढ्दो खराब कर्जाको विषयमा कस्तो आउला मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ?
वि.सं.२०८० माघ २९ सोमवार १०:५७
shares

काठमाडौं, २९ माघ । बैंकहरुको खराब कर्जा बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८०–०८१ को पुस मासान्तसम्मको २० वाणिज्य बैंकहरुले निकालेको वित्तीय विवरणमा १८ वाणिज्य बैंकको खराब कर्जा बढेको देखिन्छ ।
वाणिज्य बैंकहरुको गत आर्थिक वर्ष २०७९–०८० को पुस मसान्तसम्ममा २.३५ प्रतिशत मात्र बैंकहरुको खराब कर्जा थियो । अहिले त्यो बढेर औसतमा ३.४० प्रतिशत खराब कर्जा देखिन्छ ।
गत वर्षको तुलनामा २ वाणिज्य बैंकहरुको मात्र निस्कृय कर्जा घटेको छ । अन्य १८ बैंकको भने खराब कर्जा बढेको देखिएको छ । राष्ट्रियस्तरका विकास बैंकको खराब कर्जा औसतमा ०.८१ प्रतिशतले बढेको छ ।
२०७९ सालको पुस मसान्तसम्ममा बैंकहरुको औसत खराब कर्जा २.८२ प्रतिशत रहेकोमा २०८० को पुस मसान्तसम्ममा ३.६३ प्रतिशत पुगेको छ । यो देखिएको प्रतिशत भन्दा पनि कराब कर्जा अझ धेरै भएको अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाई छ ।
सम्भवत आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउने भनिएको छ । गर्भनर महाप्रसाद अधिकारीले सञ्चालक समितिको बैंकठ साझ बोलाएका छन् । बीचमा तेस्तो केही भएन भने आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउने पक्का छ । त्यसमा खराब कर्जाको विषयलाई लिएर कसरी समीक्षा हुन्छ भन्ने आम चासोका रुपमा लिएको छ ।
खराब कर्जाको विषयलाई लिएर सरोकारवालाहरुले पनि विभिन्न फोरमहरुमा आपती जनाउँदै आएका छन् । खराब कर्जाको विषयलाई सम्बोधन गर्दै मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरु परिमार्जन हुन सक्ने आँकलन गरीएको छ ।



















