नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५९ लाखको शेयर किनबेच
वि.सं.२०७९ जेठ १६ सोमवार १४:०४
4.63K
shares
shares

काठमाडौं, १६ जेठ । साताको पहिलो कारोबार दिन सोमवार बजार कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये नेपाल दुरसञ्चार कम्पनीको धितोपत्र सर्वाधिक किनबेच भएको छ ।
उक्त अवधिसम्मा कम्पनीको रू. ३ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९४० मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४२ दशलमव ३५ अंक घटेर २ हजार १८१ दशमलव ४३ विन्दुमा झरेको छ ।
उक्त अवधिसम्ममा कुल रू. ६४ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

















