Dhulikhel Eco Banner new

बलेफी हाइड्रोपावरको शेयरमूल्यमा लाग्यो सकरात्मक सर्किट

4.03K
shares

काठमाडौं, १६ जेठ । साताको पहिलो कारोबार दिन सोमवार बजार कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये बलेफी हाइड्रोपावरको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२४ दशमलव ४० कायम भएको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमा सबैभन्दा बढी १ लाख ६६ हजार ११५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा जेठ ११ गतेदेखि आएको हो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू.९३ दशमलव ६४ देखि अधिकतम रू.२८० दशमव ९२ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।