सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०८१ असोज ३ बिहीवार ११:०६
2.5K
shares
shares

काठमाडौं, ३ असोज । स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा १ लाख ५६ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार घटेर १ लाख ५५ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बुधबार तोलामा १ हजार ८९० रुपैयाँ कारोबार भएको चाँदी घटेर १ हजार ८८० रुपैयाँ कायम भएको छ ।

















