सुनको मूल्य हाल सम्मकै उच्च
वि.सं.२०८१ असोज ६ आइतवार १०:३०
2.37K
shares
shares

काठमाडौं, ६ असोज । स्थानीय बजारमा आइतबार पहेलो धातुको मूल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आइतबार बढेर १ लाख ५८ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर १ हजार ९२० रुपैयाँ कायम भएको छ ।

















