Dhulikhel Eco Banner new

जोशी हाईड्रोपावरको ६५ प्रतिशत हकप्रद शेयर साउन १५ गतेदेखि बिक्रीमा

1.92K
shares

काठमाडौं, २९असार । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर (राइट शेयर) निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर, १:०.६५ को अनुपातमा निष्कासन गर्न लागेको हो। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत जेठ २६ गते अनुमति प्राप्त गरिसकेको छ।

यस हकप्रद शेयरमा आवेदन दिन कम्पनीले असार ८ गते बुक क्लोज गरेको छ। त्यसैले असार ७ गतेसम्म नेप्सेमा दर्ता भएका शेयरधनीहरू मात्रै आवेदन दिन योग्य हुनेछन्। आवेदन दिन सकिने अन्तिम मिति भदौ ४ गते तोकिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँडपछि यो पूँजी बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। हकप्रद शेयरबाट उठेको रकम कम्पनीले सञ्चालनमा रहेको ३ मेगावाट क्षमताको माथिल्लो पुवा–१ जलविद्युत् आयोजना अन्तर्गतको कर्जा भुक्तानी तथा संरचना मर्मतमा खर्च गर्ने जनाएको छ।

यस हकप्रद शेयरको निष्कासन तथा बिक्री व्यवस्थापन एलएस क्यापिटल लिमिटेडले गर्नेछ।