विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने
वि.सं.२०८२ असार २९ आइतवार ०७:२८
shares

काठमाडौं, २९असार । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड कार्य बिहान ९ बजेबाट सुरु हुने तयारी गरिएको छ। कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट हुनेछ।
गोलाप्रथाका आधारमा जम्मा २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन्। यता, १८ लाख २६ हजारभन्दा बढी आवेदक भने खाली हात पर्नेछन्।
क्यापिटलका अनुसार कुल २१ लाख २० हजार ८७५ जना आवेदकले २ करोड ५६ लाख २७ हजार ११० कित्ताको लागि आवेदन दिएका थिए। कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।


















