Dhulikhel Eco Banner new

सिटिजन्स बैंककी सञ्चालक शर्माको निधन

1.76K
shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलकी सञ्चालक इला शर्माको निधन भएको छ । पूर्व पत्रकार एवं पूर्व निर्वाचन आयुक्त समेत रहेकी बैंक सञ्चालक शर्माको हृदयघातका कारण शनिबार साझ नर्भिक अस्पतालमा निधन भएको हो ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोख्रेलका अनुसार भारतमा रहेकी उनकी छोरी फर्किए पछि आइतबार दाहसंस्कार गरिनेछ । २ दिन अघिमात्रै उनी राष्ट्र बैंकले आयोजना गरेको सम्पत्ति शुद्धिकरण सम्बन्धि छलफलमा सकृय सहभागी थिइन् । उनी बैंकको समिति संयोजक समेत रहेकी थिइन् ।