Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको ‘एसबीएल डिबेञ्चर २०९१’ बिक्रीमा

1.66K
shares

काठमाडौं, २९असार । सिद्धार्थ बैंक लिमिटेडले १० वर्षे अवधिको वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ आइतवारदेखि बिक्रीमा ल्याएको छ।

बैंकले प्रति डिबेञ्चर १ हजारका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गर्दैछ। जसमध्ये १५ लाख कित्ता निजी संस्थागत तवरबाट, र बाँकी १० लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्कासन गरिएको हो। तीमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने ९ लाख ५० हजार कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस डिबेञ्चरमा लगानीकर्ताले कम्तीमा २५ कित्तादेखि बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासनको अन्तिम मिति छिटोमा असार ३२ गते तोकिएको छ। तर तोकिएको अवधिसम्म पर्याप्त आवेदन नपरेमा आवेदन अवधि साउन ११ गतेसम्म लम्बिन सक्नेछ।

डिबेञ्चरमा आवेदन दिनका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड (बालुवाटार), सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय (नक्साल), धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू, साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।