नवीकरण नगरेका कम्पनीलाई बम्पर अफर, ९५ प्रतिशत जरिवाना छुट
वि.सं.२०७९ असार १९ आइतवार १४:४२
shares

काठमाडौं, १९ असार । कम्पनी रजिस्टारको कार्यालयले कम्पनीले वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म, कम्पनीलाई पाँच प्रतिशत रकम बुझाए पछि सबै जरिमाना छुट दिने भएको छ । कम्पनी रजिस्टारको कार्यालयले एक सूचना जारी गरेर २०७९ पुस मसान्तसम्म पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना माफी हुने जनाएको हो ।
कम्पनी एन २०६३ बमोजिम दर्ता भएका फर्म तथा कम्पनीले २०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका भए उनीहरूले त्यस बापत लाग्ने जरिमानाको पाँच प्रतिशत मात्रै बुझाए सबै जरिमाना छुट हुने जनाएको छ । आर्थिक ऐन २०७९ को दफा २४ ले उक्त सुबिधा दिएको कारण उक्त छुट दिइएको सूचनामा जनाइएको छ ।


















