Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?

4.24K
shares

काठमाडौं, ५ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर १ हजार २६५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।