GBIME

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

1.03K
shares

काठमाडौं, २४ जेठ । सुनको मूल्य घटेको छ । अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ सय बढ्दा कारोबार मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ थियो। साताको पहिलो दिन प्रतितोला ९७ हजार ९ सय थियो ।

मंगलबार चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ। कारोबार मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ । गत आइतबारका तुलनामा सोमबार तोलामा २० रुपैयाँ बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा चाप छैन। घटबढ पनि ठूलो अंकमा भइरहेको छैन । गत आइतबार प्रतिऔंस १८५१.१० डलर रहेको सुन सोमबार झिनो वृद्धिले १८५४.६७ डलर भएको थियो । मंगलबार घटेर प्रतिऔंस १८४१.९६ डलरमा कारोबार भइरहेको छ ।

चाँदीमा पनि उतारचढाव छ । आइतबार प्रतिऔंस २१.९३ डलरमा कारोबार भएको चाँदी सोमबार बढेर २२.२४ डलर पुगेको थियो । मंगलबार घट्दै २१.९६ डलरमा आइपुगेको छ ।