नेपाल बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने
वि.सं.२०८२ चैत १६ सोमवार ११:४३
shares

काठमाडौं, १६ चैत । नेपाल बीमा प्राधिकरण ले बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले आफ्नो मौज्दात लगानी नीतिअनुसार वाणिज्य बैंक तथा विकास बैंकहरूमा मुद्दती निक्षेपमार्फत रकम लगानी गर्ने तयारी गरेको हो।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर उल्लेख गरी सात दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरिएको छ। पेश गरिने दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ।
लगानी प्रक्रियाका लागि बैंकहरूले मुद्दती निक्षेपमा दिन सक्ने अधिकतम ब्याजदरका साथै अन्तिम प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सान स्थिति, निष्कृय सम्पत्ति कर्जा–निक्षेप अनुपात र पूँजी पर्याप्तता कोषसम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले लगानी गर्न लागिएको कुल रकम भने हालसम्म खुलाएको छैन।

















