Dhulikhel Eco Banner new

बिपिडब्लु लघुवित्तको आईपीओमा २०७ गुणा बढीको आवेदन

6.4K
shares

काठमाडौं, २३ फागुन । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा २०७ गुणा बढीको आवेदन परेको छ । लघुवित्तले फागुन १८ गतेदेखि आवेदन खुला गरेको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म २०७.१० गुणा बढी आवेदन परेको हो ।

लघुवित्तले ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन माग गरिएको थियो । तर आवेदन दिने अन्तिम समयसम्म १५ लाख ३२ हजार ९७३ जनाको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरका लागि आवेदन परेको छ । लघुवित्तले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको ८० हजार ९५० कित्ता शेयर मात्रै वितरण हुनेछ ।