Dhulikhel Eco Banner new

बजेट सुन्दा रमाइलो र मिठो, हेर्दैजाँदा खल्लो : सभापति प्रधान

5.21K
shares

काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मनिषलाल प्रधानले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सुन्दा रमाइलो र मिठो लाग्ने तर हेर्दा खल्लो किसिमको भएको बताएका छन् ।

महासंघको निर्यात पूवद्र्धन समितिका सभापति समेत रहेका रहेका प्रधानले उत्पादन र निर्यात बढाउने सुन्दा राम्रो लागे पनि व्यवहारमा हेर्दा ठोस कुरा आउन नसकेको बताएका हुन् ।

‘सरकारले ल्याएको बजेटमा कृषि उत्पादन तथा निर्यातलाई दोब्बर बनाउने भनिएको छ, तर त्यसका लागि ठोस नीति आउन सकेको छैन्,’ केटिएम भ्वाइसँगको कुराकानीमा उनले भने, ‘निर्यात र उत्पादन वृद्धि दोब्बर बनाउनका लागि कच्चा पदार्थमा भन्सार समेत नघटाएको अवस्थामा उत्पादनमा वृद्धि गर्न सहज छैन ।’

यसका साथै निर्यातमा भएको प्रशासनिक झन्झटले समेत निर्यात बढाउन सकस हुने प्रधानले बताए । उनले नेपालमै भएको बहुमूल्य धातु राखेर निर्यात गर्न सकेको खण्डमा राम्रो हुने उनको भनाइ छ ।

सुनचाँदी भनेको बहुमूल्य धातुले बनेको सामानको व्यापार हो त्यसका लागि नेपालमै पाइने धातु राखेर निर्यात गर्नका लागि ठोस नीति आवश्यक पर्ने उनको भनाई छ । ‘नेपालमै रहेका बहुमूल्य धातुको गहनामा राखेर निर्यात गर्न विषयमा ठोस नीति चाहिन्छ,’ उनले भने ।

बजेटमा क्यास इन्सेन्टीभ पनि ५ प्रतिशतबाट ८ प्रतिशत बनाइएको तर साना तथा मझौला उद्योगले ५ प्रतिशत पनि लिन नसकेको अवस्था रहेको उनले सुनाए । साथै साना तथा मझौला उद्योगका लागि छुट्याइएको बजेट समेत अपुग रहेको उनको भनाई छ । पस्मीनाले पाए कार्पेटले पाउँदैन्, कार्पेटले पाउँदा ह्यान्डीक्याफ्टले नपाउने तथा पाम तेलले पाउँदो कसैले नपाउने अवस्था रहेको प्रधानले बताए ।