Dhulikhel Eco Banner new

सुनको मूल्य एकै दिन २ हजारले बढेर हालसम्मकै उच्च

2.86K
shares

काठमाडौं, २ साउन । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजारले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार मङगलबार प्रतितोला एक लाख ४७ हजार ८ सयमा कारोबार भएको छापावाला सुन बुधबारका लागि  एक लाख ४९ हजार आठ सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० ले बढेको छ । मङगलबार प्रतितोला एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदी बुधबारका लागि भने एक हजार आठ सय ९५ निर्धारण भएको छ ।