शेयर लगानीकर्ता आजबाट आमरण अनशन थाल्दै
वि.सं.२०७९ असार १ बुधवार ११:२३
shares

काठमाडौं, १ असार । शेयर लगानीकर्ता आजबाट आमरण अनशन थाल्ने भएका छन् । नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा बिहान ११ बजेदेखि पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला अनशनमा बस्ने भएका हुन् ।
कोइरालाले बुधबारदेखि तेस्रो पटक अनशन बस्न लागेका हुँन् । समितिले १९ बुँदे माग तत्काल पूरा नभए बुधबारदेखि आमरण अनसन बस्ने यसअघि नै घोषणा गरेको थियो ।
अनशनस्थलमा लगानीकर्ताको नियमित र व्यापक सहभागिता गराउने, तय भएका अन्य आन्दोलनका कार्यक्रम पनि सञ्चालन गर्ने र त्यसको व्यवस्थापन गर्न आर्थिक समिति, व्यवस्थापन समिति, प्रचार समिति र मिडिया समिति गठन गर्ने र आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै लगानीकर्तालाई आन्दोलनमा सक्रिय सहभागिता र आआफ्नोतर्फबाट सहयोग गर्न आह्वान गर्ने सहितका निर्णयहरु संघर्ष समितिले गरेको छ ।
उक्त आम्दोलनालाई नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल इन्भेस्टर्स फोरम, लगानीकर्ता संरक्षण मञ्च, सेयर लगानीकर्ता संघ, लगानीकर्ता दबाब समूह, स्वतन्त्र पुँजीबजार संघ, पुँजीबजार फोरम, स्वतन्त्र पुँजीबजार सुधार संघ, नेपाल धितोपत्र लगानीकर्ता संघले समर्थन गरेको छ ।



















