Dhulikhel Eco Banner new

कारोबार बन्द भएपछि १००८ अंकले कसरी घट्यो नेप्से ?

585
shares

काठमाडौं, ८ साउन । शुक्रबारको नियमित शेयर कारोबार सकारात्मक रूपमा सम्पन्न भए पनि कारोबार बन्द भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रणालीमा प्राविधिक गडबडी देखिएको छ।

नेप्से बन्द भइसकेपछि परिसूचक अचानक १००८.९३ अंकले घटेको हो। नेप्से परिसूचक १७१७.७९ कायम देखिएको छ । आजको वास्तविक शेयर कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द भएको थियो।

कारोबार बन्द भएपछि १००८.९३ अंकले कसरी घट्यो भन्ने विषयमा प्रतिक्रिया लिन खोज्दा नेप्सेका प्रवक्ता मुराहरी पराजुली सम्पर्कमै आएनन् ।