सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ साउन ८ शुक्रवार १५:२२
shares

काठमाडौं, ८ साउन । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २६ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सानिमा बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.९२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ७.३८ प्रतिशतका दरले गुमाएका छन् भने ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६र८७का लगानीकर्ताले ६.१६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सनराइज ब्लुचिप फन्डका लगानीकर्ताले ५.६० प्रतिशतका दरले गुमाएका छन् भने गरिमा समृद्धि योजनाका लगानीकर्ताले ४.८५ प्रतिशतका दरले गुमाएका छन् ।















