Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो, कारोबार रकम पनि बढ्यो

533
shares

काठमाडौं, ८ साउन । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २६ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सानिमा बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.९२ प्रतिशतका दरले गुमाएका छन् ।