शेयर बजारमा ६ अर्ब २६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन ८ शुक्रवार १५:३३
520
shares
shares

काठमाडौं, ८ साउन । शेयर बजारमा ६ अर्ब २६ करोड कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३० करोड ९३ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ३४ लाख रुपैयाँ कारोबार हुँदा कुमारी बैंक लिमिटेडको २५ करोड ८१ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको १९ करोड ६६ लाख रुपैयाँको कारोबार हुदा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १७ करोड २९ लाख रुपैयाँ कारोबार भएको छ ।















