Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

468
shares

काठमाडौं, ८ साउन । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २६ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १४.४६ प्रतिशतका दरले कमाएका छन् भने सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ६.८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.९३ प्रतिशतका दरले कमाएका छन् भने झापा इनर्जी लिमिटेडका लगानीकर्ताले ५.५० प्रतिशतका दरले कमाएका छन् ।