Dhulikhel Eco Banner new

डलरको मूल्य सामान्य घट्यो, युरो र पाउण्डको बढ्यो

5.27K
shares

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य शुक्रबार १३ पैसाले घटेको हो ।

राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा रहेको छ । बिहीबार भने डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ रुपैयाँ रहेको थियो ।

त्यस्तै शुक्रबारका लागि तोकिएको विदेशी विनियमदर अनुसार पाउण्डको मूल्य बढेको छ । अघिल्लो दिन घटेको पाउण्डको मूल्य आज बढेको हो । शुक्रबार पाउण्डको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा रहेको थियो ।

शुक्रबार युरोको मूल्य पनि बढेको छ । अघिल्लो दिन घटेको युरोको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा पुगेको छ । बिहीबार भने युरोको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८३ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसा रहेको छ ।