शेयर बजारमा ७ अर्ब ४९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ माघ २१ बुधवार १५:१८
2.74K
shares
shares

काठमाडौं, २१ माघ । शेयर बजारमा ७ अर्ब ४९ करोडको कारोबार हुँदा आखुखोला जलविदुतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८० करोड माथिको कारोबार भएको हो ।
यसदिन एसवाई प्यानलको ६० करोड ३० लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको २६ करोड २५ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको २५ करोड १८ लाख रुपैयाँ कारोबार भएको छ भने बन्दीपुर केवलकारको २० करोड २५ लाख रुपैयाँ कारोबार भएको छ ।















