Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ५ हजार ८ सयले घटयो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

650
shares

काठमाडौं, ८ साउन । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारशुक्रबार सुनको मूल्य ५ हजार ८ सयले घटेको छ।

महासंघका अनुसार सुन विहिबार प्रतितोला २ लाख ९१ हजार ३ सयमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला २ लाख ८५ हजार ५ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य १ सय ५५ रुपैयाँले घटेको छ । विहिवार ४ हजार ५ सय ५ मा कायम भएको चाँदी घटेर शुक्रवार ४ हजार ३ सय ५ मा कायम भएको हो ।