बर्दियाका उम्मेदवार विकासका एजेण्डासहित घर–घरमा
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १६:०२
shares

काठमाडौं, २९ कात्तिक । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा दुई र प्रदेशसभा सदस्यमा चार जना निर्वाचित हुँदैछन् । जिल्लाको क्षेत्र नं १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्तागठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर विक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
क्षेत्र नं १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएकि दहित यसअघि बर्दिया नगरपालिकाको उपप्रमुखसमेत थिईन । आफूले सहजै जित्ने जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलो गरिरहेको उनि बताउछिन् ।
सुकुम्वासी नेताका रुपमा परिचित नेकपा मालेका भक्तबहादुर विक यसपटक चुनावी मैदानमा उत्रिएका छन् । गरिब र सर्वहारा वर्गको उत्थानका लागि आफनो उम्मेदवारी रहेको उनि बताउछन् ।आफूहरुले सहजै जित्नेसम्भावना रहेको विक बताउछन् । लामो समय राजनीतिमा बिताएका पोख्रेल पुराना ठूला राजनीतिक पार्टीले विश्वास गुमाएको भन्दै आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।














