Dhulikhel Eco Banner new

अब ५ हजार डलरभन्दा बढी नगद लुकाउन नपाइने, भारु सटहीमा पनि कडाइ

468
shares

काठमाडौँ, ८ साउन । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धी व्यवस्थाबारे पुनः सूचना जारी गरेको छ।

विदेशी विनिमय ९नियमित गर्ने( ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण )मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ का व्यवस्थाहरूको आधारमा राष्ट्र बैंकले यो नियम लागू गरेको हो।

त्यस्तै, भारतीय रुपैयाँ कारोबारको सम्बन्धमा सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न पाइने छैन। तर सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारुको सीमासम्म प्रचलित व्यवस्था अनुसार ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म ९भारतीय रुपैयाँको हकमा ५ हजार अमेरिकी डलर बराबर र विनिमय दर प्रकाशन नहुने अन्य मुद्राको हकमा पनि ५ हजार डलर बराबरसम्म० बिना भन्सार घोषणा नेपाल भित्र्याउन सक्नेछन्। तर ५ हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ।

यसैगरी, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्थासमेत राष्ट्र बैंकले स्पष्ट पारेको छ। यस विषयसँग सम्बन्धित २०८२ साल भदौ १० गते प्रकाशित सूचना भने खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।