Dhulikhel Eco Banner new

आजको कालीमाटी बजार: गोलभेँडा सस्तो, च्याउ किन्नेले बढी तिर्नुपर्ने

533
shares

काठमाडौं, ८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शुक्रबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ, सानो लोकल गोलभेँडा १५ रुपैयाँ, टनेल गोलभेँडा २७ रुपैयाँ, रातो ९लाम्चो० आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३३ रुपैयाँ र भारतीय सुकेको प्याज ५४ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, लोकल गाँजर ९० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला २५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

यस्तै, लोकल र हाइब्रिड घिउ सिमी दुवै प्रतिकिलो ११० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, तीते करेला र लौका ६०र६० रुपैयाँ, लोकल परवर ४० रुपैयाँ, घिरौला ९० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ९डल्लो र लाम्चो० ६०र६० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ तथा स्कुस ५० रुपैयाँ कायम गरिएको छ।

सागपाततर्फ रायो साग १५० रुपैयाँ, पालुङ्गो, चम्सुर र तोरीको साग प्रतिकिलो १००र१०० रुपैयाँ रहेको छ। च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरीलो ३०० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो २८० रुपैयाँ, नेपाली केरा २०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, कागती १८० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह र दसहरी आँप प्रतिकिलो १६०र१६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, लोकल काँक्रो ५० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ तथा भारतीय मेवा १०० रुपैयाँ कायम गरिएको छ।