Dhulikhel Eco Banner new

एनआइएमबीले ९ महिनामै कमायो ४५४ करोड नाफा

2.04K
shares

काठमाडौं, ७ वैशाख । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।