सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन ७ बिहीवार ११:१२
845
shares
shares

काठमाडौं, ७ साउन । स्थानीय बजारमा विहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मूल्य ३ सयले बढेको छ।
महासंघका अनुसार सुन बुधबार प्रतितोला २ लाख ९१ हजार मा कारोबार भएको सुन बिहिबार बढेर प्रतितोला २ लाख ९१ हजार ३ सयमा कायम भएको छ ।
त्यसैगरी, बिहिवार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । बुधवार ४ हजार ४ सय ८० मा कायम भएको चाँदी बढेर बिहिवार ४ हजार ५ सय ५ मा कायम भएको हो ।















