Dhulikhel Eco Banner new

अब नेपालमा २०० र ५०० रुपैयाँका भारतीय नोट बोक्न पाइने

2.04K
shares

काठमाडौं, ८ साउन । अबदेखि नेपालमा पनि २०० र ५०० दरमा भारतीय नोट बोक्न खुला गरेको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ हजार रुपैयाँ नबढ्ने गरी सो दरको नोट बोक्न पाइने व्यवस्था गरेको हो । यसअघि गत वर्ष भदौमा जारिी गरिएको परिपत्रमा २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्था रहे पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै बोक्न पाउने व्यवस्था थियो ।

यसले गर्दा भारतबाट नेपाल आउने पर्यटक वा भारतमा रोजगारी गरेर फर्कनेहरूलाई सास्ती हुँदै आएको थियो । ५०० दरका नोट ल्याउन पाउने भएपछि यो सास्ती हट्नेछ । २ हजार दरको नोटको प्रतिबन्ध भने अहिले पनि कायमै छ ।

तर, यसरी ल्याउने नोटहरू भारत सरकारले सन् २०१६ को नोभेम्बर वा सोभन्दा पछि जारी नोट हुनुपर्ने उल्लेख गरिएको छ । भारतले नोटबन्दी गरेपछि बन्द नेपालमा ठूला दरका भारतीय नोट ओसारपसारमा प्रतिबन्ध लगाइएको थियो ।