Dhulikhel Eco Banner new

प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने

3.47K
shares

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धुरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन गर्न उनि आज गृहजिल्ला आउने भएका छन् ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बसेका थिए । सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।