Dhulikhel Eco Banner new

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

2.3K
shares

काठमाडौं, ३० जेठ । नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ । विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ ।

यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ ।

यदि विदेशी मुद्राको अभाव हुन गएमा विदेशबाट वस्तु तथा सेवा किने वापतको भुक्तानी गर्न कठिनाइ पर्दछ । यसो भएमा मुलुकको अर्थतन्त्र संकटमा पर्न सक्छ । नेपालमा भित्रिएको समग्र विदेशी विनिमयको ढुकुटी जिम्मा लिई सोको व्यवस्थापन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दछ ।

विदेशी मुद्रा राज्यको सम्पत्ति हो । यसको जथाभावी प्रयोग गरी दुरुपयोग गर्नु हुँदैन । आफैले कमाएको भए पनि विदेशी मुद्रा सरकारी निकायले तोके बमोजिम मात्र खर्च गर्न पाइन्छ । यसको दुरुपयोग गरेमा कानुन बमोजिम कारबाही हुने गर्दछ ।

ध्यान दिनुपर्नेकुराहरू

नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई कसैले पनि विदेशी मुद्राको कारोबार गर्न पाइँदैन ।

मुलुकभित्र विदेशी मुद्राको चलन गर्न अर्थात् कारोबार गर्न पनि पाइँदैन ।

भा.रु. लगायत सम्पूर्ण विदेशी मुद्रा साँटेर नेपाली मुद्रामा मात्र कारोबार गर्नु पर्दछ ।

विदेशी मुद्रा सटही गर्दा स्वीकृति प्राप्त कम्पनीबाट मात्र कारोबार गर्नु पर्दछ ।

वित्तीय साक्षरता १ : बैंक के हो ?  बैंकमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?

वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?

वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?

वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?

वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?