के हो नागरिक बचतपत्र ?
वि.सं.२०८२ जेठ १ बिहीवार ०६:००
shares

काठमाडौं, १ जेठ । नागरिक बचतपत्र मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ ।
अर्थतन्त्रमा छरिएर रहेको स–सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफल सहितको सुरक्षित लगानी गर्ने अवसर प्रदान गरी देश विकासको निमित्त वित्तीय साधन जुटाउनु रहेको छ । नागरिक बचतपत्र तोकिएको अवधिभित्र ओटीसी प्रक्रियाबाट निष्कासन गरिन्छ ।
नागरिक बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । नागरिक बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।
नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्दछन् । घटीमा १० हजार रूपैयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।
प्राथमिक निष्कासनको समयमा उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालय र बजार निर्माता बिक्री प्रवन्धक रहने व्यवस्था छ । प्राथमिक निष्कासनको समयमा आवेदन फारम नेपाल राष्ट्र बैंकको वेबसाईटबाट डाउनलोड गरी वा उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालय वा बजार निर्माता मार्फत उपलब्ध हुन्छ ।
नागरिक बचतपत्र खरिद आवेदन फारम र खरिद गर्न चाहेको रकम देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयमा पेश गर्न सकिन्छ । नागरिक बचतपत्र खरिद गर्नको लागि आवेदन साथ नागरिकताको प्रतिलिपि, नाबालकको नाममा खरिद गर्ने भए नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा तोकिए बमोजिमका अन्य कागजात पेश गर्नुपर्दछ ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंकमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?
वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?
वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?
वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?
वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?
वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?
वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?
वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?
वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?
वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?
वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?
वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?
वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?
वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?
वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?
वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?
वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?
वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?
वित्तीय साक्षरता ३७ : के हो वासलत ?
वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?
वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?
वित्तीय साक्षरता ४० : के हो बैंक खाता ? खाताका प्रकारहरु के के छन् ?
वित्तीय साक्षरता ४१ : जान्नुहोस् कति प्रकारका ऋण हुन्छन्
वित्तीय साक्षरता ४२ : के हो ७०–२०–१० नियम ?
वित्तीय साक्षरता ४३ : के हो मोटर बीमा ? मोटर बीमाका प्रकार
वित्तीय साक्षरता ४४ : के फरक छ बैंकिङ र ईबैंकिङमा ?
वित्तीय साक्षरता ४५ : के के छन् ऋणका प्रकारहरु ?
वित्तीय साक्षरता ४६ : बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?
वित्तीय साक्षरता ४७ : कसरी लिने सिआस्वा सेवा ?
वित्तीय साक्षरत ४८ : के हो म्युचुअल फण्ड ?
वित्तीय साक्षरता ४९ : के हो मोबाइल मनी कारोवार ?
वित्तीय साक्षरता ५० : ऋणपत्र भनेको के हो ?

















