थप ९३४ जनमा संक्रमण पुष्टि, एक जनाको मृत्यु
वि.सं.२०७९ साउन २३ सोमवार १६:११
shares

काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो । आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७१ पुगेको छ । त्यस्तै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ पुगेको छ ।















